रौतहट – प्रहरी टोलीमाथि गोली प्रहार गर्ने भारतीय युवकलाई प्रहरीले जवाफी कारबाही गरेको छ । बुधबार बिहान प्रहरीले जवाफी फायर गर्दा विहार मोतिहारी राजजटौलिया ग्राम पंचायत–४ बस्ने २१ वर्षीय शेख चान्दली घाइते भएका हुन् ।


ADVERTISEMENT


इशनाथ नगरपालिका–१ वकैया खोलाको बाँधस्थित खटिएको प्रहरी टोलीमाथि गोली प्रहार गरेपछि ववाफी फायर गरिएको प्रहरीले जनाएको छ । बुधबारबिहान जाँच गर्ने क्रममा भारतबाट आउँदै गरेको नम्बर नखुलेको मोटसाइकलमा सवार ३ जनाले प्रहरीलाई लक्षित गरी फयार गरेका थिए । प्रहरीले आत्मरक्षाका लागि जवाफी फायर गर्दा मोटरसाइकलमा सवारमध्ये चान्दली घाइते भएका हुन्।


ADVERTISEMENT

# # #


घाइते चान्दलीको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ । साथै प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल १ थान, गोली १ राउण्ड र खोका १ थान समेत बरामद गरेको जनाएको छ ।

मोटरसाइकल सहित फरार रहेका अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।