काठमाडौं – नेकपा केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । पार्टी एकीकरणको २१ महिनापछि पहिलो पटक बस्न लागेको बैठकमा केन्द्रीय सदस्यहरूले पहिलोपटक धारणा राख्न पाउनेछन् ।


ADVERTISEMENT


राष्ट्रिय सभागृहमा बिहान ११ बजे उद्घाटन हुने बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले उद्घाटन मन्तव्य र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले दुवै अध्यक्षका तर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाए । सो प्रतिवेदनमा दवै अध्यक्षका तर्फबाट आत्म–आलोचना समेत समेटिएको बताइएको छ ।


ADVERTISEMENT

# # #


श्रेष्ठका अनुसार आजै महासचिव विष्णु पौडेलले सांगठनिक र विधान संशोधन प्रस्ताव तथा सातै प्रदेशका अध्यक्षहरूले प्रगति प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

अध्यक्ष र महासचिवको प्रतिवेदन आइसकेपछि समूह विभाजन गरेर छलफल चलाउने तयारी नेकपा सचिवालयले गरेको छ । एक समूहमा ३० जना रहने गरी १५ समूह बनाउने र उनीहरूलाई छलफलका लागि आज र भोलिको समय दिने निर्णय सचिवालयको छ ।