काठमाडौँ – प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा पाँच जना बढुवा भएका छन् । सशस्त्र प्रहरी नियमावली, २०७२को नियम ३९ को (ख) बमोजिम सोमबार बसेको बढुवा समितिको बैठकले पाँच जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डीआईजी बढुवाका लागि सिफारिस गरेको हो ।


ADVERTISEMENT


बढ्वा हुनेमा एसएपी कृष्णभक्त बम्हचार्य पहिलो नम्बरमा रहेका छन् । यस्तै एसएसपीहरु वंशीराज दाहाल, हरि शंकर बुढाथोकी, ईं. किशोर प्रधान र राजेन्द्र बस्नेत पनि डीआइजीमा बढ्वा भएका छन् ।


ADVERTISEMENT

# # #


बढुवा समतिको सिफरिसमाथि चित्त नबुझेमा नियम अनुसार सात दिनभित्र बढुवामाथिको उजुरी सुन्न समितिसमक्ष उजुरी दिन सकिने बढ्वा समितिका सचिव तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले जानकारी दिएका छन् ।