काठमाडौँ – गायिका आस्था राउतलाई चार दिन हिरासतमा राखिने भएको छ । डिउटीमा खटिएकी प्रहरीमाथि अभद्र व्यवहारको मुद्दामा छानबिनका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुसन्धानका लागि ४ दिन हिरासनमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।


ADVERTISEMENT


भारतको सिक्किममा भएको सांगितिक कार्यक्रममा सहभागी भए लगत्तै गायिका राउतले सोमबार महानगरीय प्रहरी परिसर काठमाडौं पुगेर आत्म समर्पण गरेकी थिइन् । काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो ।


ADVERTISEMENT

# # #


सिक्किम जानेक्रममा गत माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि छ। श्रेष्ठले जाहेरी दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते राउतविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो।