एजेन्सी । म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । गएराती  भएको खेलमा १० खेलाडीमा सिमित फुल्हमलाई ४-० गोल अन्तरले पराजित गर्दै सिटी पाँचौं चरणमा पुगेको हो ।


ADVERTISEMENT


घरेलु मैदानमा सिटीलाई जित दिलाउन ग्राबियल जिससले दुई गोल गरे । यस्तै इल्के गुण्डोगान र बेर्नार्डो सिल्भाले एक एक गोल गरे । खेलको छैटौं मिनेटमा टिम रिआमले रातो कार्ड पाएपछि फुल्हम सुरुवातमै १० खेलाडीमा समेटिएको थियो । छैटौँ मिनेटमा टिम रिएम रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि खेलको सुरुवातबाटै फुल्हृयाम १० खेलाडीमा सिमित बनेको थियो ।


ADVERTISEMENT

# # #


जसमा पाएको पेनाल्टीमा गुण्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । १९ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीको अग्रता २-० को बनाए ।

यस्तै खेलको ७२ औं मिनेटमा जिससले गोल गर्दा सिटीको अग्रता तेब्बर बन्यो । त्यसपछि खेलको ८५ औं मिनेटमा जिससले व्यक्तिगत दोस्रो गोल गर्दा सिटी ४-० ले विजयी भयो ।