एजेन्सी ।
चीनका राष्ट्रपति सी चिनपिङले खतरनाक नयाँ कोरोनाभाइरस तीब्र रुपमा फैलिरहेको बताएका छन् । लुनार नयाँ वर्षको अबसरमा आयोजित विशेष बैठक पछि बौल्दै उनले संक्रमण तीब्र रुपमा फैलिंदा गम्भीर अबस्थाको सामना गर्नु परेको बताए ।


ADVERTISEMENT


चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या कम्तिमा ४२ पुगेको छ । १४ सय संक्रमित भेटिएका छन् । सेनाको विशेष मेडिकल समुह वुहान पुगेको अधिकारीहरुले जनाएका छन् ।


ADVERTISEMENT

# # #


हुवेइ शहरमा एक जना चिकित्सककै मृत्यु भएको छ । संक्रमण फैलदै गएपछि नयाँ वर्षका महत्वपूर्ण समारोहहरु रद्द गरिएका छन् । वुहान शहरका अस्पतालहरु संक्रमणले चिन्ताग्रस्त मानिसहरुले भरिभराउ भएका छन् भने औषधीको अभाव हुन थालेको छ ।

आवतजावतमा प्रतिबन्ध लगाइएको शहरमा संक्रमण नियन्त्रणका लागि भन्दै एक हप्ताभित्र निर्माण सक्ने गरी हजार वेड क्षमताको अस्पताल निर्माण भैरहेको अधिकारीहरुले जनाएका छन् । १ करोड १० लाख जनसंख्या भएको वुहानमा पहिलो पटक यो भाइरस देखिएको थियो । संक्रमण अहिले यूरोपमा पनि फैलिएको छ । फ्रान्सका तीन जना र अष्ट्रेलियामा एक जना संक्रमित भेटिएका छन् ।

यसअघि थाइल्याण्डमा पाँच, जापान, भियतनाम, दक्षिण कोरियामा दुई–दुई र ताइनवानमा एक जना संक्रमित भेटिएका छन् । नेपालमा पनि एक जनामा कोरोनाभाइरस संक्रमित भएको पुष्टि भएको छ ।

अमेरिका, बेलायत र क्यानडामा संक्रमणको आशंकामा परीक्षण भैरहेको बताइएको छ । जनावरबाट मानिसमा सर्ने यो भाइरस मानिसबाट मानिसमा सरेको समेत पुष्टि भैसकेको छ ।