काठमाडौं । चीनबाट फर्किएका एक नेपालीमा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी एक नेपालीमा पनि कोरोना भाइरस फेला परेको जानकारी दिएको हो ।


ADVERTISEMENT


चीनको उहान सहरबाट हालसालै नेपाल फर्किएका एक विद्यार्थीमा यो भाइरस देखिएको हो । उनको उपचारसमेत भइसकेको छ।


ADVERTISEMENT

# # #


जनवरी ९ मा नेपाल आएका ती विद्यार्थीमा रुघाखोकीको समस्या देखिएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार उनी जनवरी १३ मा उपचार गर्न अस्पताल पुगेका थिए ।

बिहीबार हङकङबाट आएको रिपोर्टमा कोरोना भाइरस देखिएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पहिलो पटक चीनको वुहान प्रान्तमा फेला परेको कोरोना भाइरसबाट २६ जनाको मृत्यु भइसकेको छ । यसबाट वुहान प्रान्तमा करिब एकहजार संक्रमित रहेको चिनियाँ सञ्‍चारमाध्यमहरुले जनाएका छन् ।

यो भाइरस दक्षिण कोरिया, थाइल्याण्ड, जापान, अमेरिका र ताइवानमा पनि कोरोना भाइरसका संक्रमित फेला परेका हुन् ।

चीनसँग सिमाना जोडिएको नेपालमा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट आएका नागरिकको स्वास्थ्य परीक्षण गर्ने हेल्प डेस्क राखिएको मन्त्रालयले जनाएको छ ।