काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभाको सदस्यमा निर्वाचित भएका छन् । उनी गण्डकी प्रदेशबाट तदानमा श्रेष्ठले ३४६२ मत ल्याउँदै राष्ट्रियसभाका लागि चुनिएका हुन् ।


ADVERTISEMENT


श्रेष्ठले तीन हजार ४६२ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सूर्यप्रसाद रेग्मीले दुई हजार २४४ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


यसैगरी न्यौपाने तीन हजार ३६६ मत प्राप्त गरी विजयी भएका छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विमला गौचनले दुई हजार ३४० मत प्राप्त गरिन्। अन्य समूहतर्फ राष्ट्रिय जनमोर्चाका शङ्कर बरालले १९८ मत प्राप्त गरेकोनिर्वाचन कार्यालयका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिए ।

आज बिहान १० बजेदेखी साँझ ४ बजेसम्म निर्वाचन कार्यालय परिसरमा भएको मतदानमा कूल मतदाता २३० मध्ये २२८ जनाले मतदान गरेका थिए ।