संयुक्त अरब इमिरेट्स ९यूएई० गतवर्ष सन् २०१९ मा वैदेशिक रोजगारीमा गएका १ सय ३ नेपाली नेपाली कामदारको ज्यान गएको छ । त्यसमा महिलाको संख्या ४ रहेको छ । उक्त मुलुकमा २ लाख ४० हजार बढी नेपाली कामदार वैधानिक रुपमा काम गरिरहेका छन् ।


ADVERTISEMENT


यूएईस्थित नेपाली दूतावासका अनुसार गतवर्ष सडक दुर्घटनामा परेर २३ जना, प्राकृतिक रुपमा ५७ जना र आत्महत्याबाट १७ जनाको ज्यान गएको छ । बाँकी ६ जनाको कारण खुल्न सकेको छैन । अघिल्लो वर्ष सन् २०१८ मा ९८ जनाको ज्यान गएको थियो ।


ADVERTISEMENT

# # #


अत्यधिक तातोमा खुला क्षेत्रमा काम गर्ने बाध्यता, खानपानको असन्तुलनका कारण हृदयघात तथा न्यून गुणस्तरको मादकपदार्थको अत्यधिक सेवन लगायतका कारण नेपाली कामदारको ज्यान गएको नेपाली दूतावासले जनाएको छ ।