काठमाडौँ– राष्ट्रिय जनता पार्टीले केही दिन यताको वर्षाका कारण तराई क्षेत्रमा ज्यान गुमाएकाहरुको परिवारलाई प्रारम्भिक चरण स्वरुप रु ५ लाख दिन सरकारसंग माग गरेको छ ।


ADVERTISEMENT


सरकारले बाढीमा परेर ज्यान गुमाएकाहरुलाई २ लाख दिने निर्णयको स्वागत गर्दै त्यसले मात्र नपुग्ने भएकाले बढाएर रु ५ लाख पुर्याउनु पर्ने राजपाले माग राखेको हो । राजपा सहमहामन्त्री डा सुरेन्द्र झाले भने, ‘बाढीमा ज्यान गुमाएकाहरुलाई मन्त्रीपरिषदको रु २ लाख राहत दिने निर्णय स्वागत योग्य छ । तर यो प्रयाप्त होइन । यसलाई बढाएर ५ लाख पुर्याउन सरकारसंग हामी माग गर्दछौँ ।’


ADVERTISEMENT

# # #


उनले बाढीपीडितको उद्दार र राहत वितरणमा सरकारले तदारुकताका साथ काम अघि नबढाएकोमा असन्तुष्टि पोखे । उनले सुरक्षा अंगहरु, स्थानीय निकायको पूर्व तयारीको अभावमा यस्तो समस्या आएको बताए ।  नेता झाले बाढीपीडितको उद्दारमा राजपाका कार्यकर्ताहरु खटिएको र राहत संकलन तथा वितरणका काम अगाडी बढेको उल्लेख गरे ।

यस्तै राजपाको आज बसेको राजपा सांसदको बैठकले एक महिनाको तलब बाढीपीडितलाई दिने निर्णय गरेको छ । राजपा सांसदहरुले एउटा कोष खडा गरेर एक महिनाको पारिश्रमिकका साथै अरु सुभेच्छुकसँग संकलन गरेर पीडितको राहतमा खर्च गर्नेछन् ।

तराई क्षेत्रमा आएको बाढीका कारण करिब ७० जनाको ज्यान गइसकेको छ भने दर्जनौँ बेपत्ता रहेको छन् । यस्तै कयौँ परिवार घरबारबिहीन भएका छन् ।