एजेन्सी ।


ADVERTISEMENT


इंग्लिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले सहज जित निकालेको छ । एनफिल्डमा आइतबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको हो ।२२ औ चरणको खेलमा गएराती म्यानचेष्टर युनाईटेडलाई २–० ले हराउदै लिभरपुलले सिजनको अपराजित यात्रा समेत जारी राखेको हो । उसको जितमा भर्जिल भान डाईज र महम्मद सलाहले गोल गरे ।


ADVERTISEMENT

# # #


घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन भिर्गिल भान डाइक र मोहमद सलाहले एक एक गोल गरे । युनाइटेडविरुद्ध सहज जित निकाल्ने क्रममा लिभरपुलले दुबै हाफमा एक एक गोल गरेको थियो ।

खेलको १४ औं मिनेटमा भान डाइकले हेडबाट गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । ट्रेन्ट आर्नोल्डको कर्नरमा डाइकले उत्कृष्ट हेड गोल गरेका थिए । त्यसपछि खेलको इन्जुरी समयमा सलाहले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।

जितसँगै लिभरपुलले लिगमा अपराजित यात्रा कायम राखेको छ । र, लिभरपुलले लिगमा १६ अंकको अग्रता समेत बनाएको छ ।

लिभरपुलले २२ खेलमा २१ जितसहित ६४ अंक जोडेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको ४८ अंक रहेको छ । लिभरपुलसँग पराजित युनाइटेडको ३४ अंक रहेको छ । युनाइटेड लिगको पाँचौं स्थानमा रहेको छ ।