काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडले दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैँकले नवलपरासीको बर्दघाट नगरपालिका वडा न. ४, बर्दघाट र रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५, मणिग्राममा नयाँ शाखा विस्तार गरेको हो ।


ADVERTISEMENT


यो सँगै अब बैंकको शाखा संख्या ११६ पुगेको छन् । बर्दघाट शाखाको उद्घाटन बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्याल र बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले संयुक्त रुपपमा गरेका थिए।


ADVERTISEMENT

# # #


यसैगरी मणिग्राम शाखाको समुद्घाटन तिलोत्तमा नगरपालिका बासुदेव घिमिरे र बैंकका सञ्चालक भीम प्रसाद तुलाचनले संयुक्त रुपमा गरेका थिए ।

बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ११६ वटा शाखा कार्यालयहरु तथा ६० वटा एटीएम मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।