विराटनगर – मुख्यमन्त्री शेरधन राईले चार राज्यमन्त्री थप्दै आइतबार मन्त्रिपरिषद‍् विस्तार गरेका छन् । थपिएका राज्यमन्त्रीमा ओखलढुंगाका अम्बिरबाबु गुरुङ, इलामका रामबहादुर मगर, झापाकी जसमाया गजमेर र मोरङका विजयकुमार विश्वास रहेका छन्।


ADVERTISEMENT


गुरुङलाई भौतिक पूर्वाधार, गजमेरलाई सामाजिक विकास, मगरलाई कृषि तथा सहकारी र विश्वासलाई पर्यटन राज्मन्त्रीको जिम्मेवारी दिइएको छ । यो सँगै प्रदेश १ को मन्त्रिपरिषद् सदस्य संख्या ९ पुगेको छ ।


ADVERTISEMENT

# # #


प्रदेश प्रमुखको उपस्थितिमा मुख्यमन्त्री राईले नवनियुक्त राज्यमन्त्रिलाई शपथ खुवाएका छन्।उनीहरुले आइतबार नै मन्त्रालय सम्हालेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।