काठमाडौँ – गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँलेगायिका राउतलाई पक्राउ गर्न काठमाडौँ जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको हो ।


ADVERTISEMENT


बुधबार त्रिभुवन विमानस्थलबाट भद्रपुर (झापा) जान लागेकी गायिका आस्था राउतलाई जाँच गर्ने प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।


ADVERTISEMENT

# # #


त्यही मुद्दालाई समातेर महानगरीय प्रहरी परिसर काठमाडौँले जिप्रका काडमाडौँसँग गायिका राउतलाई पक्राउ गर्न अनुमति मागेको थियो । निमित्त प्रमुख जिल्ला अधिकारी गौलोचन शैंँजुले परिसरको माग बमोजिम आज पक्राउको अनुमति दिइएको जानकारी दिए ।

यससँगै गायिका राउत प्रहरीको नजरमा ‘फरार अभियुक्त’ बनेकी छन् ।

आफूलाई प्रहरीले ‘तँ’ भनेर दुव्र्यवहार गरेको आरोप लगाउँदै गायिका राउतले प्रहरीलाई अपशब्द प्रयोग गरेको श्रव्यदृष्य सामग्री (भिडियो) बिहीबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् । दश मिनेट ३१ सेकेन्डको भिडियोमा उहाँले प्रहरीलाई गालीगलौज गरेको सुन्न सकिन्छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान कक्षमा भएको उक्त घटनाको सिसी टिभी फुटेज शुक्रबार सार्वजनिक भएको थियो । ‘फुटेज’मा प्रहरीको भन्दा गायिका राउतको गतिविधि शङ्कास्पद देखिएको प्रहरीले जनाएको छ ।

सिसी टिभी फुटेजमा महिला प्रहरी रमिता श्रेष्ठले सुुरक्षा जाँचका बेला कुनै दुर्व्यवहार गरेको नदेखिने बताउँदै महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले राउतले नै अभद्र व्यवहार गरेको दाबी गरे । बुधबार अपराह्नको त्रिभुवन विमानस्थलको आन्तरिक उडान कक्षबाट राउत भद्रपुर जाने क्रममा शरीर जाँचका बेला उक्त घटना भएको थियो ।