जनकपुरधाम – प्रदेश २ मा आज सार्वजनिक विदा भएको छ । प्रदेश सरकारले बलिदानी दिवसको अवसर पारेर आज सार्वजनिक विदा दिएको हो । प्रदेश सरकारले बार्षिक क्यालेण्डरमै माघ ५ गते बलिदानी दिवसका दिन विदा दिने उल्लेख गरेको छ ।


ADVERTISEMENT


२०६३ साल माघ ५ गते सिरहाको लहानमा रमेश महतोको ज्यान गएपछि शुरु भएको मधेश आन्दोलनको स्मृतिमा पछिल्लो दुई साल यता प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ ।


ADVERTISEMENT

# # #


यस पटकको बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले बीरगञ्जमा कार्यक्रमको आयोजना गरेको छ ।