कास्की – अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा हिमपहिरोमा हराएका तीन जना नेपालीसहित चार जना कोरियाली पर्यटक अझै सम्पर्कमा आएका छैनन् ।सम्पर्कविहीन हुने नेपालीहरुमा मिन बहादुर लामा (तामाङ(, छिरिङ भोटे र नेपाली गाइड सरोज परियार छन् ।


ADVERTISEMENT


त्यस्तै कोरियाली पर्यटकहरुमा ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सूक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन रहेको पर्वतीय पदयात्रा पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सी एसोसियशन अफ् नेपालले (टान) जनाएको छ ।


ADVERTISEMENT

# # #


कोरियाली पर्यटकहरु काठमाण्डौको ट्रिप नेपाल माउन्टेन गाइड नामक कम्पनीबाट टिम्स शूल्क काटेर अन्नपूर्ण बेस क्याम्पतर्फ गएका थिए ।