सांगीतिक समूह कन्दराका गायक विवेक श्रेष्ठले नयाँ अवधारणाको सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने घोषणा गरेका छन् । प्रवासमा आयोजना हुने सांगीतिक कार्यक्रमहरूको स्तर घटिरहेको अवस्थामा आफूले नयाँ अवधारणासहितको सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको गायक श्रेष्ठको भनाइ छ ।


ADVERTISEMENT


अस्ट्रेलियाका विभिन्न सहरमा हुने उक्त कार्यक्रम शृंखलाको नाम ‘युफोनिक, क्लोज टु माइ हार्ट’ राखिएको छ । आगामी फेब्रुअरी १५ का दिन सिड्नीको वेज्ली कन्फरेन्स सेन्टरमा आयोजना हुने उक्त कार्यक्रम गायक श्रेष्ठलाई उनकै ब्यान्डका संगीतकर्मीहरूले साथ दिनेछन् ।


ADVERTISEMENT

# # #


मेलबर्नमा समेत आयोजना हुने उक्त कार्यक्रमको तयारीका लागि गायक श्रेष्ठ यसै साता अस्ट्रेलिया प्रस्थान गरिसकेका छन् । कन्दरा ब्यान्डका लागि गायक श्रेष्ठले गाएका गीतहरूमध्ये हङकङ पोखरा, लेककी हे माया, तिमी पारि, बिदेसिएर गइन् उनी आदि लोकप्रिय छन् ।