धादिङ – बेनीघाट रोराङ गाउँपालिकाको बाँदरेको झोलुङ्गे पुलबाट दुई बच्चासहित दम्पती त्रिशूली नदीमा हाम फालेको प्रहरीले जनाएको छ । झोलुङ्गे पुलबाट हाम फाल्दा श्रीमतीको ज्यान गएको छ भने दुई बच्चा बेपत्ता भएका छन् । श्रीमानको भने उद्धार टोलीले तत्काल उद्धार गरेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका ५ थानकोट घर भइ गजुरी गाउँपालिकाको आदमघाट ससुराली आएका ३५ वर्षीय विनय लामिछाने र उनकी श्रीमती ३० वर्षीया जमुना रेग्मी दुई बच्चासहित त्रिशूलीमा हाम फालेका हुन् ।


ADVERTISEMENT

# # #


उनीहरु आफ्ना दुई वर्षीय र ६ महिने छोरासहित हिजो साँझ साढे ६ बजेतिर धादिङ र गोरखाको घ्याल्चोक जोड्ने पुलबाट हाम फालेको प्रहरीले बताएको छ।

जमुनाको शव पुलनजिकै फेला परेको र दुई बालकहरुको खोजी भइरहेको छ ।