काडमाडौँ – झापास्थित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रहरीलाई अनुमति दिएको छ ।


ADVERTISEMENT


चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले प्रसाईविरुद्ध जिल्ला प्रहरी कार्यालय भक्तपुरमा मानहानी गरेको भन्दै उजुरी गरेपछि प्रसाईलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको हो । पक्राउ गर्न अनुमति पाएपछि प्रहरीले प्रसाईको भक्तपुरस्थित घरमा पनि खोजी गरेको छ । तर, त्यहाँ नभेटिएको प्रहरीले जनाएको छ । प्रसाईको झापाको घरमा पनि प्रहरीले खोजी गरेको छ ।


ADVERTISEMENT

# # #


प्रसाईले गत पुस २३ गते पत्रकार सम्मेलन गर्नै आयोगका उपाध्यक्ष गिरीले मेडिकल कलेजको सम्बन्धन दिनका लागि २० करोड घुस मागेको आरोप लगाएका थिए । उपाध्यक्ष गिरीले आफूलाई गत मंसिर १५ गते काठमाडौँको द्वारिका होटेलमा बोलाएर २० करोड मागेको प्रसाईको दाबी थियो ।

प्रसाईले त्यसको कानुनी उपचारका लागि अदालत जाने बताउँदै आएका थिए ।