काठमाडौँ – संसदीय समितिले भूकम्पले क्षतिग्रस्त बनेको नेपालकै पहिलो संसद भवन भत्काएर स्टेट हाउस बनाउन निर्देशन दिएको छ ।


ADVERTISEMENT


मंगलबार बसेको संसदको विकास तथा प्रविधि समितिको बैठकले राणाकालीन सो भवन रेट्रोफिटिङ गरेर प्रयोगमा ल्याउन सक्ने अवस्था नरहेको भन्दै भत्काएर स्टेट हाउस (विदेशी पाहुना गृह) बनाउन निर्देशन दिएको हो ।


ADVERTISEMENT

# # #


समितिकी सभापति कल्याणली खड्काले पुरानो कला संस्कृति झल्कने गरी नयाँ भवन बनाउन निर्देशन दिएकी हुन् ।

सहरी विकास मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रस्तावअनुसार समितिले सो निर्देशन दिएको हो । समितिको निर्देशनसँगै ४ वर्षदेखि रेट्रोफिटिङ गर्ने कि भत्काएर नयाँ बनाउने भन्नेमा देखिएको अन्योल हटेको छ । अन्योलताकै कारण सिंहदरबारभित्र रहेको सो भवन प्लाष्टिकले बारेर खण्डहर अवस्थामा रहेको थियो ।

बैठकमा सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव शिवहरि शर्माले प्राविधिकले भवन माटो र इट्टाले बनेकाले रेट्रोफिटिङ गर्नु ठीक नहुने रिपोर्ट प्राविधिकहरुले दिएको समितिमा बताएका थिए ।