भारतले नेपालका लागि विनय मोहन क्वात्रालाई नयाँ राजदूत नियुक्त गर्ने तयारी गरेको छ । मञ्जिभसिंह पुरीको कार्यरत सकिएपछि भारतले क्वात्रालाई राजदूतमा नियुक्त गर्न लागेको हो । उहाँ यसअघि फ्रान्सका लागि भारतीय राजदूतका रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँ भारतीय विदेश मामिलामा ३० वर्षदेखि सेवारत हुनुहुन्छ ।


ADVERTISEMENT


नेपालका लागि भारतीय राजदूत सिफारिस भएका क्वात्राले यसअघि प्रधानमन्त्री कार्यालयमा सहसचिव तथा विदेश मन्त्रालयको नीति योजना तथा अनुसन्धान विभागका प्रमुखको जिम्मेवारी सम्हालिसक्नुभएको छ । भारतीय पक्षले हिजै नयाँ राजदूतका बारेमा जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


क्वात्रा फेब्रुअरीको पहिलो साता काठमाडौं आइपुग्ने बताइएको छ । डिसेम्बरबाट मञ्जीभसिंह पुरीको कार्यकाल सकिएपछि भारतले विनयमोहनलाई नेपाल पठाउन लागेको हो । मार्च २५, २०१७ मा नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालेका पुरीको डिसेम्बरबाट ३ वर्षे कार्यकाल सकिएको थियो ।