बेलायतकी महारानी एलिजाबेथले ड्युक र डचिस अफ ससिक्स पूर्ण रूपमा शाही भूमिकामा रहुन् भन्ने चाहे पनि उनीहरूको निर्णयमा आफ्नो समर्थन रहेको बताउनुभएको छ । नयाँ भूमिकासम्बन्धी  निर्णय पूर्व ड्युक र डचिस अफ ससिक्सलाई केही समय दिन समेत महारानी सहमत हुनुभएको बीबीसीले उल्लेख गरेको छ । जुन समयमा यी दम्पती क्यानडा तथा यूकेमा बस्नेछन्।


ADVERTISEMENT


महारानी एलिजाबेथले नयाँ भूमिकासम्बन्धी उनीहरूको चाहनाप्रति आफ्नो पूर्ण समर्थन रहेको उल्लेख गर्नुभएको छ । तर पनि आफ्नो सम्बोधनमा उहा“ले भन्नुभएको छ, म चाहन्थेँ राजपरिवारको सदस्यको पूर्णकालीन भूमिकामा भए राम्रो हुन्थ्यो।
केही दिनअघि यी दम्पतीले राजपरिवारको वरिष्ठ सदस्यको भूमिका परित्याग गर्ने र बाँकी समय यूके तथा उत्तर अमेरिकामा बिताउने घोषणा गरेका थिए।
उनीहरुको नया“ भूमिकाबारे छलफल भने जारी रहेको बीबीसीले जनाएको छ ।


ADVERTISEMENT

# # #