काठमाडौं । महिला हिंसा बिरुद्धको सचेतना अभियान अन्र्तगत चलचित्र भोर प्रर्दशन गरिएको छ । प्रदेश नं ३ सरकार सामाजिक बिकास मन्त्रालयको आयोजना र महिला बालबालिका तथा समाज कल्याण शाखा कागेश्वरी मनोहरा नगरपालिकाको सहयोग एवं आफन्त नेपालको सहकार्यमा गत शुक्रबार कागेश्वरी मनोहरा नगरपालिकाको सभाहलमा दाईजोप्रथा बिरुद्धको सो चलचित्र प्रदर्शन गरिएको हो ।


ADVERTISEMENT


सो अवसरमा राष्ट्रियसभा उपाध्यक्ष शशिकला दहालले दाईजो जस्तो जगन्य अपराधकोे मुद्धालाई उठान गरेर चलचित्र निर्माण गरिएको चलचित्र प्रर्दशनले महिला हिंसा बिरुद्धको सचेतना अभियानमा ठुलो भुमिका खेल्ने भन्दै आफ्नो तर्फबाट हुने सबै सहयोगका लागि तयार रहेको बताईन ।


ADVERTISEMENT

# # #


बरिष्ठ साहित्यकार कृष्ण धाराबासीले व्याप्त कुरितीहरुलाई चलचित्रमार्फत समेटेर समाजमा समारात्मक सन्देश फैलाउन चलचित्र भोर सफल बनेको प्रतिक्रिया दिए ।

चलचित्र भोरले हिंसा बिरुद्धको अभियानलाई सार्थक तुल्याउन ठुलो भुमिका निर्बाहगर्ने औल्याउदै नगर प्रमुख कृष्णहरी थापाले कागेश्वरी मनोहराका सबै वडाहरुमा चलचित्र प्रर्दशन गर्नमा सहयोगी भुमिका निर्बाह गर्ने प्रतिवद्धता जनाए ।

समाजमा अझैपनि महिला हिंसाका घटनाहरु लुकेर बसेका र यो चलचित्रले तराईको समस्यालाई उठान गरेपनि देशभरी यस्ता हिंसाहरु व्याप्त रहेका कारण चलचित्र महिलाले मात्रै नभएर पुरुषहरुले पनि हेर्नुपर्ने कागेश्वरी मनहरा नगरपालिकाका उप प्रमुख बिन्दु सिम्खडाले बताईन ।

तराईको कंलकको रुपमा रहेको दाईजो कुप्रथाले निम्त्याएका बिभिन्न घटनाहरुलाई जस्ताको त्यस्तै पर्दामा उतारेर चलचित्र मार्फत सकारात्मक सन्देस फैलाउ भोर चलचित्र निर्माण गरिएको निर्देशक यादबकुमार भट्टराईले जानकारी दिए । ऐतिहासिक चलचित्र झोलाको निर्माण पश्चात निर्देशक भट्टराईद्धारा निर्देशित दोश्रो चलचित्र भोर दाईजो, बिभेद र हिंसाले ब्याप्त समाजको जर्जर अवस्थाको ऐना बनेको छ ।

हलहरुको प्रर्दशनले मात्रै समाजका सबै तह र बर्गका व्यक्तिहरु समक्ष चलचित्रले दिन खोजेको सन्देश नपुगेको र हिंसा उन्मुलनका क्षेत्रमा चलचित्र धेरै महत्वपुर्ण रहेका कारण अभियानकै रुपमा सबै वर्ग समक्ष चलचित्र पुगोस भन्ने हेतुले पुन प्रदर्शनीको सुभारम्भ गरिएको भोरका कार्यकारी निर्माता देवेन्द्र सुवेदीले बताएका छन् ।

महिला हिंसा बिरुद्धको सचेतना अभियान अन्र्तगत देशभरीका बिभिन्न स्थानीय तहमा जनचेतना जगाउने लक्ष्यका साथ प्रदेश नं ३ प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको आयोजनामा आफन्त नेपालले प्रदेशका विभिन्न जिल्लाहरुमा चलचित्र भोर प्रर्दशन गरिने भएको छ ।

चलचित्र प्रर्दशनका लागि आयोजना गरिएको कार्यक्रममा समाजसेवी ज्योतिष सरस्वती देवी महिला बालबालिका तथा समाजकल्याणका शाखा प्रमुख सबिना श्रेष्ठ, बालक्लबका प्रतिनिधि, महिला संजालका प्रतिनिधि, पत्रकार, बिभिन्न बिधालयका शिक्षक, बालबालिका र महिला अधिकारकर्मी तथा बिभन्न वडाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।