प्रदेश ३ को स्थायी राजधानी र नाम सम्वन्धी प्रस्ताव प्रदेशसभामा औपचारिक रुपमा आज दर्ता हुदैछ । स्थायी राजधानी नामकरण र प्रदेश नामकरण सम्बन्धी कार्यविधि २०७६ अनुसार प्रदेशको स्थायी राजधानीको स्थान र नाम प्रदेशसभा सचिवालयमा आज दर्ता हुने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।


ADVERTISEMENT


श्रेष्ठका अनुसार सदनमा दर्ता भएको स्थायी राजधानीको स्थान र नामबारे आजै अपरान्ह १ बजेबाट बस्ने प्रदेशसभाको बैठकमा छलफल प्रारम्भ हुनेछ । प्रदेश सभामा छलफल सकिएपछि भोलि निर्णायार्थ पेश हुने सभामुख श्रेष्ठले बताउनुभयो ।


ADVERTISEMENT

# # #