काठमाडौं, फागुन १९ । स्पोटिङ गिजोनमाथि शानदार जित हात पार्दै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
बुधबार राति भएको खेलमा बार्सिलोनाले गिजोनमाथि ६१ गोल अन्तरको जित हात पारेको हो ।


ADVERTISEMENT


घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले नवौं मिनेटमा नै लिओनल मेस्सीको गोलबाट अग्रता दिएको थियो । दुई मिनेटपछि नै लुइस स्वरेजले गोल गरे ।


ADVERTISEMENT

# # #


२१ औं मिनेटमा गिजोनका कास्ट्रोले गोल गर्दै टोलीलाई खेलमा फर्काउने संकेत दिए । तर, २७ औं मिनेटमा स्वरेजले दोस्रो गोल गरेपछि पहिलो हाफमा बार्सिलोना ३(१ को अग्रता लिन सफल भयो ।

दोस्रो हाफको सुरुमा नै पाको अलासरले गोल गरे । ६५ औं मिनेटमा नेयमारले गोल गरे भने ८७ औं मिनेटमा राकिटिकले गोल गर्दै बार्सिलोनालाई ६(१ को जित दिलाए ।

जितसँगै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । उसको २५ खेलबाट ५७ अंक छ । ५६ अंकसहित रियल मड्रिड दोस्रो स्थानमा छ तर, उसले एक खेल कम खेलेको छ ।