गायक तथा संगीतकार कृष्ण भण्डारीको नयाँ गीत ‘मलाई हैन तिमीलाई सुखी’ सार्वजनिक भएको छ । पुष्प अन्जान र पृथ्वी पुत्रको शब्द तथा गायक संगीतकार कृष्ण भण्डारीको आफ्नै संगीत रहेको गितको भिडियोलाई आवेश बज्राचार्यले छायांकन गरेका छन् । म्यूजिक भिडियोको निर्देशन प्रहिल कार्कीले गरेका छन् ।


ADVERTISEMENT


माया प्रेम तथा धोकाको संयोजनमा तयार पारिएको म्युजिक भिडियोमा मोडल सुजना बर्देवा, रमेश लुईटेल र सुनिल श्रेष्ठले अभिनय गरेका छन् । अन्जिता कंडेलको कोरियोग्राफी तथा कथा रहेको भिडियोमा राज पाण्डेको मेकअप रहेको छ । म्युजिक भिडियो निर्माता हेमन्त भट्टराईले निर्माण गरेका हुन् ।


ADVERTISEMENT

# # #


गीतको म्यूजिक भिडियो