अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाहले शिर्ष भूमिकामा रहेर अभिनय गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ गीत सार्वजनिक भएको छ । ‘दु:खको काँडा’ बोलको सार्वजनिक गीतमा ‘द भ्वाइस अफ नेपाल’ दोस्रो सिजनका प्रतिस्पर्धी सनिश श्रेष्ठको आवाज सुन्न सकिन्छ ।
गीतमा अर्जुन पोखरेलले सङ्गीत रहेको छ भने देवल भण्डारीको शब्द रहेको छ । गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् भने साजन शाहले मिक्सिङ गरेका हुन् ।


ADVERTISEMENT


गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार पल शाह र पूजा शर्माको प्रेम देखाइएको छ । सुदर्शन थापा र पूजा शर्मा निर्माता रहेको ‘म यस्तो गीत गाउाछु २’ फागुन २३ मा रिलिज हुनेछ ।


ADVERTISEMENT

# # #


साङ्गीतिक प्रेमकथामा आधारित रहने यस चलचित्रमा दिनेश डिसी, हरिहर शर्मालगायतका कलाकारको पनि अभिनय रहने छ ।

गीतको भिडियो :