काठमाडौँ – नेपाल राष्ट्र बैंकले पछिल्ला दिनमा ट्रेजरी बिल तथा रिपो जारी गर्ने कार्यलाई निरन्तरता दिएको छ । सोही क्रममा केन्द्रीय बैंकले आज पुनः ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।


ADVERTISEMENT


बैंकका अनुसार कूल रु १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको उक्त ट्रेजरी बिल आगामी चैत २५ गते परिपक्व हुनेछ ।


ADVERTISEMENT

# # #


के हो ट्रेजरी बिल रु

ट्रेजरी बिल मुद्रा बजारमा खरिद बिक्री गरिने मुख्य प्रतिभूति हो । अर्थात् एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ । हाल २८ दिने ट्रेजरी बिल प्रयोगमा रहेको छैन । यी विभिन्न अवधिका ट्रेजरी बिलहरू आवश्यकतानुसार निष्कासन गरिन्छन्