काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । नेकपा तर्फबाट उम्मेदवार बनेका सचिवालय सदस्य एवम् प्रवक्ता पोखरास्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेका छन् ।


ADVERTISEMENT


श्रेष्ठसँगै नेकपा नेतृ भगवती न्यौपानेले पनि राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकी छन् । उम्मेदवारीका लागि उनीहरु पार्टीका नेता, प्रदेश सरकारका मन्त्री तथा कार्यकर्तासहित निर्वाचन कार्यालय पुगेका थिए ।


ADVERTISEMENT

# # #


रनष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुँदैछ । श्रेष्ठका प्रस्तावकमा रामशरण बस्नेत तथा समर्थकमा डिलमाया रोक्का रहेका छन्। त्यस्तै न्यौपानेका प्रस्तावकमा किरण गुरुङ र समर्थकमा मञ्जु गुरुङ छन् ।