ईङ्गलिस प्रिमियर लिग फुटबलको २० खेल सम्म लिभरपुलले अपराजीत यात्रालाई निरन्तरता दिएको छ । गएराती सेफिल्ड युनाईटेडलई २–० ले हराउँदै लिभरपुलले प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ । खेलको सुरुवाती चौथो मिनेटमा मोहम्मद सालाहले गोल गर्दै अग्रता लिएका थिए ।


ADVERTISEMENT


१–०ले पछि परेको अवस्थालाई उल्टाउन नसकेको सेफिल्ड ६४ औं मिनेटमा सादीयो मानेको गोलबाट २–०ले पछि पर्‍यो । लिभरपुल ७५ प्रतिशत खेलमा आफ्नो प्रभाव जमाउँदै जित हात पार्न सफल भयो । यससँगै कुल २० खेल खेलेको लिभरपुल ५८ अंकमा शिर्ष स्थानमा छ । एक खेल बढी खेलेको दोश्रो स्थानको लेष्टरको २१ खेलबाट ४५ अंक छ । कुलै १३ अंकको दुरी रहेकाले पनि यस सिजनको उपाधि लिभरपुलले जित्ने बलियो सम्भावना छ ।


ADVERTISEMENT

# # #