काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० लाई लिएर सरकारले विश्वका प्रसिद्ध टावर तथा भवनहरुमार्फत् नेपाली झण्डा प्रदर्शन गर्ने भएको छ । भ्रमण वर्षको प्रचार–प्रसारका लागि सरकारले यस्तो नीति लिएको पर्यटन मन्त्री योगेश भट्टराईले बताएका छन् ।


ADVERTISEMENT


आइतबार सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै मन्त्री भट्टराईले गैरआवासिय नेपाली सङ्घ (एनआरएनए)को सहयोगमा विदेशी भूमिमा नेपाल र नेपाल भ्रमण वर्षबारे प्रचार प्रसार गर्न लागिएको बताएका छन् ।


ADVERTISEMENT

# # #


भ्रमण वर्षको प्रचार–प्रसारमा एनआरएनए अध्यक्ष कुमार पन्तलाई सहयोग गर्न अनुरोध गरेकोमा उनले सहर्स स्वीकारको भट्टराईको भनाइ छ ।

नेपाली झण्डा सहित भ्रमण वर्षको लोगो अष्ट्रेलियाको सिड्नी, विलिटन न्युजरल्याण्ड, जापानको टोकियो लगायतका मुख्य–मुख्य सहरहरुमा डिसेम्बर ३१ का दिन प्रदर्शन गरिने छ ।

नयाँ वर्षको अवसर र भ्रमण वर्षको स्वागत कार्यक्रम अन्तरगत यस्तो कार्यक्रम तय गरिएको मन्त्री भट्टराईले जानकारी दिएका छन् ।

भिजिट नेपाल २०२० को उद्घाटन कार्यक्रम भने जनवरी ७ मा विविभिन्न देशका दुतावासहरुमा र दुतावास नभएका देशहरुमा भने एनआरएनएको सहायतामा विभिन्न स्थानहरुमा गरिने छ । नेपालमा भने जनवरी १ मा दशरथ रङ्गशालामा वृहत कार्यक्रम गरी राष्ट्रपतिद्वारा उद्घाटन गरिने कार्यक्रम छ ।