चीन । सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष चण्डिराज ढकाल यतिबेला चीनमा छन् । त्यहाँको एक प्रान्तमा आयोजित कार्यक्रममा उनले सार्क देशहरु र चीनको सम्बन्धलाई आपसी विकास र समृद्धिमा जोड्ने सुत्रका बिषयमा चर्चा गरेका छन् ।


ADVERTISEMENT


यस्तै नेपालले समेत चीनको विकासबाट पाठ सिक्दै स्थायित्व सहित अघि बढ्नुमा उनको जोड रहेको छ । चीन र भारतको छिमेकी देश भएकाले पनि दुबै देशलाई जोड्न नेपालको महत्वपूर्ण भूमिका रहने उनको भनाई छ । बर्तमान समयमा नेपालमा लगानीको लागि उपर्युक्त वातावरण बनिरहेकोमा उपाध्यक्ष ढकालको बिश्वास छ ।


ADVERTISEMENT

# # #


उनले उद्योग बाणिज्य महासंघ नेपाल र सार्क चेम्बर अफ कमर्सको उदेश्यका बिषयमा समेत प्रकास पारेका छन् ।

दीगो विकास सहित दक्षिण एसियाको विकासका लागि सबैले हातेमालो गर्नुपर्नेमा ढकालको जोड रहेको छ ।

सेन्योन प्रान्तको वीफानमा सिआईसी म्युच्युअल ट्रेडले आयोजना गरेको कार्यक्रममा नेपालबाट मेयर उपमेयर सहित ३० जना भन्दा बढीको सहभागिता सहभागिता रहेको थियो । कार्यक्रममा चीनका संगै बंगलादेश लगायतका देशहरुबाट समेत सहभागिहरु रहेका थिए ।