काठमाडौँ – पछिल्लो समय सरकारी जग्गा माफिया र व्यवसायीको कब्जामा रहेका समाचार आइरहेका बेला राष्ट्रिय सभामा पनि यसबारे ध्यानाकर्षण भएको छ । सोमबार राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद अधिकारीले नेपाल ट्रस्टको जग्गा र सम्पत्ति व्यवसायीको कब्जामा हुन मा सरकारको नै संलग्न रहेको आशंका व्यक्त गरे ।


ADVERTISEMENT


नेपाल ट्रष्टसम्बन्धी संशोधन विधेयक बदनियतका साथ आएको र यसले नीतिगत भ्रष्टाचारको मुहान खोल्ने भन्दै त्यतीबेला नै आफूहरुले सचेत गराएको भन्दै उनले भने, ‘म चाहन्थे यसमा म गलित साबित होऔँ तर, अफसोस पछिल्ला अखबारहरु हेर्नुहोस्, नेपाल ट्रष्टका सम्पत्ति व्यक्तिगत लाभका लागि एउटा व्यापारिक समूहलाई हस्तान्तरण गरिँदैछ ।’


ADVERTISEMENT

# # #


नेपालको ट्रष्टको सम्पत्ति हिनामिनामा प्रधानमन्त्रीकै प्रत्यक्ष संलग्नता छ भन्ने धारणा विकसित हुँदै गएको उनले बताए । जब व्यवसाय र सरकारबीच लक्ष्मणरेखा मेटिन्छ, भ्रष्टाचार त्यही मौलाउने हो । यतिबेला अखबार पढ्दा भ्रष्टाचार म गर्दिन, गर्न पनि दिन्नँ प्रधानमन्त्रीको भनाइको जग हसाइ भएको छ ।’ उनले भने, ‘नेपालको ट्रष्टको सम्पत्ति हिनामिना र भ्रष्टाचारमा यो सरकारका प्रधानमन्त्री र उपप्रधानमन्त्रीको प्रत्यक्ष संलग्नता छ भन्ने धारणा विकसित हुँदैछ । यो मुलुकका निम्ति राम्रो कुरा हुँदैन ।’

व्यवसायिक प्रतिष्ठान जो स्वयंको हितमा सम्झौता भएको छ, तिनै व्यक्ति नेपाल ट्रष्टका ट्रष्टी बनेको तर प्रधानमन्त्री कार्यालयले यसको खण्डन नगर्नु दूधको साक्षी बिरालो बनेको आरोप लगाए । नारायणहिटी राजदरबारको विदेशी सत्कार कक्षमा रेष्टुँरा खोल्न यसै व्यवसायिक प्रतिष्ठान (यती) लाई दिलाउन कसरत चल्दैछ भन्ने समाचार सुनेको भन्दै उनले भने, ‘किन रेष्टुँरा मात्र खोल्ने ? सिंगै नारायणहिटी दरबारलाई आलिसान होटलमा परिणत गर्न लिजमा दिए भइहाल्यो नि । त्यो अझ राम्रो होला नि !’

यति समूहले सञ्चालन गर्दै आएको गोकर्ण रिसोर्टको जग्गा नेपाल ट्रष्टको भएको र त्यसको लिजअवधि सकिन लागेकाले सरकार हतारहतार म्याद थप गर्दे दिशामा लाग्नका पछाडी बदुनियत रहेको उनको भनाई छ । नेपाल ट्रष्टको स्वामित्व रहेको गोकर्ण रिसोर्ट र दरबारमार्गको जग्गा केही दिनदेखि यति समूहले कब्जा गरेको समाचार आइरहेका छन् ।