काठमाडौँ – नेपाल टेलिकमको वेबसाइटबाटै कुनै पनि व्यक्ति तथा संस्थाको टेलिफोन नम्बर थाहा पाउन सकिने भएको छ । थाहा नभएका तर सम्पर्क गर्नुपर्ने नम्बरहरु अब कम्पनीको वेबसाइटबाट हेर्न मिल्ने भएको हो । हालसम्म १९७ मा फोन गरेर मात्रै नम्बर माग्न सकिने व्यवस्था थियो ।


ADVERTISEMENT


टेलिकमको वेब पेजमार्फत पीएसटीएन टेलिफोन सोधपुछ प्रणाली सञ्चालनमा ल्याइएको जनाएको छ । यसका लागि कम्पनीको वेबसाइटमा लगइन गरि टेलिफोन इन्क्वायरीमा आफूलाई चाहिएको व्यक्ति वा संस्थाको नम्बर खोज्न सकिनेछ ।


ADVERTISEMENT

# # #


व्यक्तिगत ग्राहकको हकमा व्यक्तिको नामका साथै ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगाउन सकिने टेलिकमले जनाएको छ । संस्थागत ग्राहकको हकमा कम्पनीको नाम, ठेगाना र जिल्ला अनुसार टेलिफोन नम्बर प्राप्त गर्न सकिनेछ ।