पोखरा – साविकको विजेता पोखरा पल्टनले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) टि–ट्वान्टी अन्तर्गत लिगमा आफ्नो अन्तिम खेल खेलिरहेको छ । पोखरा रंगशालमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले धनगढी ब्लुजलाई ८० रनको लक्ष्य दिएको छ ।


ADVERTISEMENT


पोखराले १६ ओभर ३ बल खेल्दै अल आउट हुँदै ७९ रन बनायो । पोखराले दोस्रो ओभरको दोस्रो बलमा आफ्नो पहिलो विकेट गुमाएको थियो । पोखराका कुशल भुर्तेल ६ रन बनाएर आउट भए । उनी कमल ऐरीको बलमा सागर ढकालको हातबाट क्याच आउट भए । तेस्रो ओभरका पोखराले लगातार दुई विकेट गुमायो ।


ADVERTISEMENT

# # #


तेस्रो ओभरको तोस्रो बलमा कप्तान शरद भेषवाकर ४ रन बनाएर आउट भए । उनलाई दीपक पुनियाले बोल्ड आउट गराएका हुन् । यही ओभरको पाँचौ बलमा रविइन्दर सिंह आउट भए । उनलाई दीपकले नै क्याच आउट गराएका हुन् ।

पोखराका विनोद भण्डारी १२ रन बनाएर बोल्ड आउट भए । उनी ८ ओभरको पाँचौं बलमा अनिल खरेको हातबाट बोल्ड आउट भएका हुन् । ९ ओभरको दोस्रो बलमा कुशल मल्ल रन आउट भए । उनले २ रन जोडे ।

११ ओभरमा पोखराले लागातार दुई विकेट गुमायो । पोखराका कृष्ण कार्की १ रन बनाएर आउट भए । उनी सागर ढकालको बलमा दीपल पुनियाको हातबाट क्याच आउट भएका हुन् । सोही ओभरको अन्तिम बलमा रोहितकुमार पौडेल आउट भए । उनी सागको बलमा फ्रेडोस अन्सारीको हातबाट क्याच आउट भएका हुन् ।

१४ ओभरको पहिलो बलमा अनिल खरेलले प्रथामेस डाकेलाई बोल्ड आउट गराए । आजको खेलमा फराकिलो जित निकाल्दै दुवै टोली अघिल्लो चरण प्रवेशको सम्भावनालाई जीवित राख्‍ने योजनामा छ । प्लेअफको सम्भावना दुवै टोलीको बाँकी छ ।