भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य महेश बस्नेतले भक्तपुर देशकै उदाहरणीय विकासमा उदाहरणीय जिल्ला भएको बताएका छन् । आईतबार भक्तपुरको एक कार्यक्रममा बोल्दै संघीय सांसद समेत रहेका बस्नेतले आफ्नो निर्वाचन क्षेत्र तथा पुरा जिल्ला भरी नै सडकहरु धमाधम कालोपत्र भईरहेको भन्दै सो कुरा बताएका हुन् ।


ADVERTISEMENT


बस्नेतले भक्तपुरमा नीजि तथा सरकारी क्षेत्रको सहयोगले विकास र समृद्धिको यात्रा तिव्र गतिका साथ अघि बढिरहेको समेत उल्लेख गरेका छन् ।


ADVERTISEMENT

# # #


भक्तपुरमा निर्माणको प्रकृयामा रहेका साना ठूला आयोजनाहरु एक पछि अर्को गर्दै अघि बढिरहेको उल्लेख गर्दै राष्ट्रिय गौरवका आयोजनाहरु स्मार्ट सिटी, अन्तर्राष्ट्रिय रंगशाला, कवोर्ड हल, आधुनिक सभागृह, वीर अस्पताल, हनुमन्ते करिडोर, प्राणी उद्यान केन्द्रलगायतका ठूला ठूला आयोजनाहरु निर्माणका कार्यहरु समेत अघि बढेको जानकारी गराएका छन् । यस्तै, नीजि क्षेत्रको लगानीमा होम स्टे, प्याराग्लाईडिङ, बन्जी जम्प, इको भिलेज निर्माण लगायतका कामहरु समेत धमाधम भईरहेको पूर्वमन्त्री समेत रहेका बस्नेतको दाबी छ ।