काठमाडौँ –  नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको प्रतिबन्धित समूहका ५ जना केन्द्रीय स्तरका नेता पक्राउ परेका छन् । वैदेशिक रोजगार ब्यवसायी रोहन गुरुङको घरमा बम विस्फोट गराएको आरोपमा प्रहरीले  पक्राउ गरेको हो ।


ADVERTISEMENT


प्रहरीको विशेष ब्यूरोको टोलीले काठमाडौंको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विप्लवका केन्द्रीय सदस्य सन्दिप लामा, (शिशिर), केन्द्रीय कोषाध्यक्ष तिलकबहादुर गुरुङ, केन्द्रीय कार्यलय सचिव वकिल घर्तीमगर (खनिल), सोलुखुम्बु जिल्ला इन्चार्ज त्रिलोचन विक र उदयपुर जिल्ला सदस्य दुर्खाबहादुर तामाङ रहेका छन् ।


ADVERTISEMENT

# # #


उनीहरुका साथबाट व्याट्री, तार र एकथान पेस्तोल र विभिन्न कागजात बरामद गरेको प्रहरीले जनाएको छ । स्रोतका अनुसार उनीहरुलाई विभिन्न ठाउँमा बम विष्फोट गराउने तथा चन्दा उठाउने तयारी गरिरहेको अवस्थामा पक्राउ गरिएको हो ।