एजेन्सी – पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको एक मुद्दामा दोषी ठहर गर्दै अदालतले फाँसीको सजाय सुनाएको छ । अदालतले सुनाएको उक्त फैसलाको पूरा प्रतिलिपि बाहिरिएको छ ।


ADVERTISEMENT


इण्डियन एक्सप्रेसमा प्रकाशित एक समाचारका अनुसार अदालतको फैसलामा लेखिएको छ कि यदि फाँसीको सजाय अघि नै मुशर्रफको मृत्यु भए उनको शव इस्लामादास्थित डी–चोकमा तीन दिनसम्म झुण्ड्याइनेछ । फैसलामा भनिएको छ, ‘हामीले अभियुक्तलाई हरेक किसिमले दोषी पाएका छौँ । यसका लागि उनलाई फाँसीमा अन्तिम सास रहुञ्जेल झुण्ड्याउनू ।’


ADVERTISEMENT

# # #


‘हामी काननका हिमायती एजेन्सीलाई यो निर्देशन दिन्छौँ कि उनीहरुले दोषी व्यक्ति मुशर्रफलाई कानुनले तोकेको सजायको दिन सहयोग गरोस् । यदी योभन्दा पहिले उनको मृत्यु भयो भने उनको शव पाकिस्तानको राजधानी इलामावादको डी चोकमा झुण्ड्याउनू ।’

विशेष अदालतको जुन बेन्चले परवेज मुशर्रफका विरुद्ध फैसला सुनाएको थियो, त्यसको नेतृत्व पेशावर उच्च अदालतका मुख्य न्यायाधीश वकार अहमद सेठले गरेका थिए । यस बेन्चमा उनका साथमा सिन्ध उच्च अदालतका न्यायाधीश नजर अकबर र लाहोर उच्च अदालतका न्यायाधीश शाहिद करीम सामेल थिए ।

यही फैसलामा जहाँ न्यायायाधीश सेठ र करीमले मुशर्रफलाई दोषी पाए भने न्यायाधीश अकबरले यसमा अलग राय राखेका थिए । ७६ वर्षीय परवेज मुशर्रफ अहिले उपचारका लागि दुईमा रहेका छन् । एक भिडियो सार्वजनिक गर्दै उनले आफूमाथि लगाइएका आरोप राजनीतिबाट प्रेरित रहेको बताएका थिए ।