काठमाडौँ – प्रभु बैंक लिमिटेडले सर्लाहीको मलंगवा नगरपालिका वडा नं. ०९ स्थित मलंगवामा नयाँ शाखा सञ्चालन गरेको छ । बैँकले आफ्नो २०१ औं शाखाका रुपमा बिहीबारदेखि मलंगवामा कारोबार शुभारम्भ गरेको हो ।


ADVERTISEMENT


उक्त शाखाको एक कार्यक्रमकाबिच मलंगवा नगरपालिकाका मेयर निरसल साहले उद्घाटन गरेका हुन् । उद्घाटनपछि बोल्दै मेयर साहले प्रभु बैंकले बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा सर्वसाधारणलाई सेवा दिएको भन्दै प्रशंसा गरे । बैंकका मलंगवा शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #


उक्त शाखाबाट बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्धि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्ने विश्वास व्यक्त गरेको छ ।