भक्तपुर – पूर्वसभासद तथा काँग्रेस नेता रामेश्वर ढुंगेलको निधन भएको छ । ढुङेलको मंगलबार दिउँसो महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।


ADVERTISEMENT


६१ वर्षीय ढुंगेलको मस्तिष्क पक्षघात भएको बताइएको छ । उनी २०७० सालको संविधानसभाको निर्वाचनमा भक्तपुर क्षेत्र २ बाट तत्कालीन नेकपा एमालेका महेश बस्नेतलाई पराजित गर्दै सभासद बने थिए ।


ADVERTISEMENT

# # #


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ढुंगेलको निधनप्रति दुःख व्यक्त गरेका छन् ।