काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को को बैठकले अध्यक्ष पुष्पमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि छलफल जारी राखेको छ । मंगलबार प्रचण्डको अध्यक्षतामा स्थायी कमिटि बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको थियो ।


ADVERTISEMENT


बैठकमा अध्यक्षद्वय प्रचण्ड र केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावहरु माथि छलफल भएको नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले बताए । उनका अनुसार स्थायी कमिटीका सदस्यहरुले प्रतिवेदन र संशोधन प्रस्ताव सही रहेको धारणा राख्दै थप परिमार्जन र सुधारका लागि सुझाव र आलोचनात्मक टिप्पणी दिएका थिए ।


ADVERTISEMENT

# # #


मंगलबार आज १३ जना सदस्यहरु तथा आमन्त्रित सदस्यहरुले सुझाव र धारणाहरु राखेका छन् । बैठकमा नन्दकुमार प्रसाईं, सुरेन्द्रप्रसाद पाण्डे, अमृतकुमार बोहरा, बेदुराम भुसाल, शंकर पोखरेल, रघुवीर महासेठले आफ्ना धारणा राखेका थिए । यस्तै केशव बडाल, विष्णुपुकार श्रेष्ठ, लेखराज भट्ट, घनश्याम भुसाल, शक्ति बस्नेत, मणि थापा र जनार्दन शर्मा रसमेत छलफलमा सहभागी भएको प्रवक्ता श्रेष्ठले जनाएका छन् ।

राजनीतिक प्रतिवेदनमा प्रस्तुत भएबमोजिम पार्टी एकतालाई अझ सुदृढीकरण गर्नुपर्ने, पार्टीको कार्ययोजना ठोस र व्यवस्थित हुनुपर्ने, सरकारको काम अझ प्रभावकारी हुनुपर्ने जस्ता सुझावहरु आएका थिए ।

स्थायी समितिको अर्को बैठक भोलि पुस २ गते बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ ।