काठमाडौं । नेपाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २१ अधिकारीको पहिलो ब्याचले भारतको गुजरात गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभरसिटी (GFSU) मा ‘ठगी, घूसखोरी र
भ्रष्टाचार निवारण’ विषयमा २०७६ मंसिर ३० गतेबाट ६ दिने प्रशिक्षण सुरु गरेका छन् ।


ADVERTISEMENT


यस प्रशिक्षण कार्यक्रमले नेपाली अधिकारीको क्षमता विकासमा भारतको निरन्तर प्रतिबद्धतालाई पुष्टि गर्ने बिश्वास लिईएको छ ।


ADVERTISEMENT

# # #


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २१ जनाको दोस्रो ब्याचले २०७६ पौष २६ गते देखि माघ २ गतेसम्म सोही प्रशिक्षण लिने कार्यक्रम निर्धारण गरिएको छ ।

नेपाल सरकारको आग्रहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कूल ४२ अधिकारीका लागि तयार पारिएको यो एक विशेष कोर्ष हो ।

नेपालमा भ्रष्टाचारका गतिविधिहरुमा अंकुश लगाउन एवम्सुशासन कायम राख्न योकोर्षले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संस्थागत क्षमतालाई सुदृढ पार्नेछ । मुख्यतः भ्रष्टाचारका कारकहरुको पहिचान, अर्थतन्त्रमा यसको प्रभाव तथा यसको पहिचान र रोकथामका लागि प्रयोग हुने विधिहरुमा यो कोर्ष केन्द्रित रहेको बताईएको छ ।

सूचना प्रविधिमा आधारित अनुसन्धानका लागि यो कार्षले अधिकारीको सीप अभिवृद्धि गर्नुका साथै उनीहरुको विश्लेषणात्मक क्षमतालाई तिखारी नयाँ विधिहरु सिक्नलाई मद्दत मिल्ने छ । अन्ततः यसले भ्रष्ट तथा ठगी गर्ने व्यक्तिहरुको पहिचान, निवारण एवम्कानूनी कारवाही गर्न यी अधिकारीलाई सक्षम बनाउने जनाईएको छ ।

फरेन्सिक विज्ञान, अपराध अनुसन्धान, सुरक्षा तथा व्यवहार विज्ञान र अपराध विज्ञान क्षेत्रमा फरेन्सिक विज्ञलाई प्रशिक्षण दिनका लागि प्रख्यात गुजरातको गान्धीनगरस्थित गुजरात फरेन्सिक
साइन्सेस युनिभरसिटीमा अधिकारीलाई प्रशिक्षण दिइएको छ । भारत सरकारको पूर्ण सहयोग रहेको सो कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग (ITEC) कार्यक्रम अन्तर्गत रहेको छ ।