काठमाडौं – विभागीय टोली त्रिभुवन आर्मी क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सुखद सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा सोमबार भएको खेलमा आर्मीले फ्रेन्ड्स क्लबलाई २-१ गोलले हरायो ।


ADVERTISEMENT


आर्मीको जितमा नवयुग श्रेष्ठले खेल सुरु भएको तेस्रो मिनेटमै खाता खोले । दिनेश हेम्जनले ८१औं मिनेटमा निर्णायक गोल गरेका थिए । फ्रेन्ड्सका लागि शक्ति राईले ५०औं मिनेटमा गोल फर्काएका थिए । लिगमा पहिलो जितसँगै आर्मीले तीन अंक बनाएको छ ।


ADVERTISEMENT

# # #