काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैपटकमा हुनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा अध्यक्ष थापाले माघ ७ गतेभित्र दुवै निर्वाचन गर्नुपर्ने बाध्यता भएकाले एकै चरणमा गर्नुपर्ने बताका हुन् । “पुस माघमा मौसमका कारण निर्वाचन सम्भव छैन त्यसैले मंसिरमा दुवै तहको निर्वाचन गर्नु उपयुक्त हुन्छ”, अध्यक्ष थापाले भने ।


ADVERTISEMENT

# # #


उनले मधेसी दलको समस्या समाधान गर्न सरकार गम्भीर नभएको भन्दै सरकारले राप्रपालाई मन्त्री दिने आश्वासन देखाएर पार्टी विभाजन गरेको आरोप लगाए। “संविधान संशोधन विधेयक संसद्मा पास हुने अवस्था भए पनि सरकारले यसमा पहल गरेन”, उनले भने ।

अध्यक्ष थापाले पशुपतिशम्शेर राणाले नक्कली हस्ताक्षरको प्रयोग गरेर पार्टी विभाजन गरेको आरोप लगाए । राप्रपाको विधानमा १६५ केन्द्रीय सदस्य रहने प्रावधान रहेको र पार्टी विभाजनका लागि ६७ केन्द्रीय सदस्य चाहिनेमा केही केन्द्रीय सदस्यको नक्कली हस्ताक्षर गरेर ६४ जना पुर्याएको उनको भनाइ छ ।

उनले पार्टी विभाजनले लाखौँ राष्ट्रवादी जनतालाई चोट पुगेको भन्दै विगतमा भएका कमी कमजोरीलाई सच्याएर अगाडि बढ्ने बताए ।