काठमाडौँ – प्रहरीले १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)अन्तगर्त पुरुष फुटबलको फाइन्ल हेर्नका लागि दशरथ रंगशाला पुगेका टिकट नपाएपछि आक्रोशित दर्शकमाथि लाठी चार्ज गरेको छ ।


ADVERTISEMENT


टिकटका लागि रङ्गशाला भित्र छिर्न खोज्दा प्रहरी र सर्वसाधारणबीच विवाद भएपछि प्रहरीले लाठी चार्ज गरेको हो ।


ADVERTISEMENT

# # #


समाचार संकलनमा गएका पत्रकारमाति पनि प्रहरीले हातपात गरेको छ । प्रहरीले फोटो खिचेको निहुँमा प्रहरीले दशरथ रंगशाला परिसरमा नागरिक दैनिकका पत्रकार सुमन चापागाईलाई कुटपिट गरेको हो।

उनको कानबाट रगत आएको छ। घाइते चापागाईको त्रिपुरेश्वर स्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ।