काठमाडौँ – आउँदो पुस ४ गतेदेखि संसदको हिउँदे अधिवेशन बोलाउन सरकारले राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले सिफारिस गरेको हो ।


ADVERTISEMENT


केही समयअघि संसदको हिउँदे अधिवेशन बेलाउने बारे प्रधानमन्त्री केपी शर्मा ओलीले उपभामुख शिवमाया तुम्बाहाङ्फेसँग छलफल गरेका थिए ।


ADVERTISEMENT

# # #


सरकारले गरेको सिफारिसका आधारमा राष्ट्रपतिले संसदको अधिवशेन बोलाउने संवैधानिक व्यवस्था छ । आगामी हिउँदे अधिवेशनमा प्रतिनिधिसभाको पहिलो कार्यसूची सभामुखको निर्वाचन रहेको छ ।

तत्कालीन सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयास आरोप लागेपछि पदबाट राजीनामा दिएपछि सो पद अहिले खाली रहेको छ ।