काठमाडौँ– डिसेम्बर १ देखि काठमाडौँ र पोखरामा सुरु भएको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को आज समापन हुँदैछ । अन्तिम अथार्त आज १०औं दिन आज मंगलबार विभिन्न पाँच खेलमा प्रतिस्पर्धा हुँदैछ ।


ADVERTISEMENT


जसमध्ये पुरुष फुटबल मुख्य रहेको छ । फुटबलमा नेपालले आज स्वर्णका लागि भुटानको सामना गर्दैछ । पहिलो खेलमा नेपालसंग पराजित भएका भुटानले त्यसपछिका सबै खेल सनसनीपूर्ण जित निकाल्दै फाइनल प्रवेश गरेको हो ।


ADVERTISEMENT

# # #


नेपालले आइतबार बंगलादेशलाई १–० गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । शनिबार लिग चरणको आफ्नो अन्तिम खेलमा भुटानले श्रीलंकामाथि ३–० को जित निकालेको थियो । जबकी भुटानलाई ४–० गोलले पराजित गरेको नेपालले श्रीलंकासंग १–१ को बराबरी गरेको थियो ।

भुटान सागको ३५ वर्षे इतिहासमा पहिलो पटक फाइनलमा पुगेको छ । नेपाल भने साबिक विजेता हो । सन् २०१६ मा भारतको गुवाहाटीमा भएको १२ औँ सागमा नेपालले घरेलू टिम भारतलाई फाइनलमा हराउँदै स्वर्ण जितेको थियो ।