पोखरा – १३ औं साग अन्तरगत महिला टि–२० क्रिकेटको स्वर्ण बंगलादेश जितेको छ । फाइनल खेलमा बंगलादेशले श्रीलंकामाथि २ रनको रोमाञ्चक खेल निकाल्दै उपाधी कब्जा गरेको हो ।


ADVERTISEMENT


आइतबार पोखरा रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेश निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९१ रनमा समेटिएको थियो । बंगलादेशका लागि निगर सुल्तानाले २८ बलमा सर्वाधिक २९ रन बनाइन् । श्रीलंकाकी बलर उमेशा थिमासिनीले एक्लै चार विकेट लिइन् ।


ADVERTISEMENT

# # #


९२ रनको लक्ष्य पछ्याउन आएको श्रीलंकालाई अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएको थियो । हातमा दुई विकेट मात्र थिए । तर, बंगलादेशले ४ रन मात्र जोड्न सक्यो । अन्तिमका दुवै ब्याट्सउमन रन आउट भए । श्रीलंका ८९ रनमा अलआउट भयो ।