संयोग भनौँ या लेखान्त यतिबेला सपथ खुवाउने सभामुख कृष्णबहादुर महरा र सपथ खाने सांसद रेशम चौधरीलाई एकै ठाउँमा भेट्न सकिन्छ, त्यो पनि संसद भवनमा होईन कारागारमा ।


ADVERTISEMENT


चौधरी केही वर्षदेखि डिल्लिबजार कारागारमा बसेर आफु निर्दोष भएको भन्दै पुनरावेदन गर्दै बसिरहेका छन् । महरा संसदकी एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा पुर्पक्षका लागि त्यही डिल्लीबजार कारागारमा पुगेका छन् । आफैंलाई सपथ खुवाएका महरालाई एकाएक गम्भीर आरोप लागेको सुनेपछि चौधरीलाई साहित्य फुर्‍यो अनि लेखे कविता ।


ADVERTISEMENT

# # #


जाडो बढ्दै जाँदा कारागार भित्र बल्ल बल्ल छिर्ने एकैछिनको न्यायो घाम ताप्दै आजकाल चौधरी त्यही कविता सुनाईरहन्छन्, महरा सुन्दा सुन्दै टोलाईरहन्छन् ।

यस्तो छ महराका विषयमा चौधरीले लेखेको कविता…

आउँछ हुरी…

राप र तापका बीचमा नै त आउँछ हुरी
प्रचण्ड सुख्खाका बीचमा नै त आउँछ हुरी ।

सधैं सन्तापमा रहन्न जिन्दगी
प्रकृति रोएको बेला नै त आउँछ हुरी ।

हिजो हुन्डहरको हुरी थियो, आज खण्डहरको हुरी छ
उतारचढावको जीवनमा नै त आउँछ हुरी ।

ओरालो लागेको मृगलाई बाच्छोले पनि खेदेजस्तै
शिशिरको पात उडाउँदै नै त आउँछ हुरी ।

मित्रताको पलहरुमा वैमनस्य बनी
वसन्त गृष्मको मिलापमा नै त आउँछ हुरी ।

आफ्नै हो आफ्नै त रहला भन्दै
गरिएको क्रियाकलापमा नै त आउँछ हुरी ।

हुरी आउँदा घरमात्रै उडाउन्न
सपना समेत उडाउँछ
आफन्तलाई पराइ, मित्रलाई दुश्मन
बनाउन नै त आउँछ हुरी ।

पद उडाउँछ, प्रतिष्ठा उडाउँछ
सबथोक उडाउन नै त आउँछ हुरी ।

चुरिफुरी गर्दै आउन्न हुरी घुरिघुरी आउँछ हुरी
बेला र बखत बिग्रेको बेला नै त आउँछ हुरी ।

कहिले घाँडो त कहिले टोर्नाडो भै आउँछ हुरी
हिमाल, पहाड काटेर आउँछ, स्वरुप फेरि फेरि आउँछ हुरी ।

राप र तापका बीचमा नै त आउँछ हुरी
प्रचण्ड सुख्खाका बीचमा नै त आउँछ हुरी ।