धनुषा – आफूलाई लालबन्दी सर्लाहीबाट आएको ‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै बाटोमा हिँडडुल गर्ने मान्छेसँग पैसा उठाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् ।


ADVERTISEMENT


प्रहरीले बिहीबार राति जनकपुर उपमहानगरपालिका–४ आनन्दनगर बस्ने ३० वर्षीय प्रतिक कुमार चौधरीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जनकपुर उपमहानगरपालिका–२४ स्थित सोना सति मन्दिर अगाडि सोना पाडा जाने बाटोमा चौधरीले बाटोमा हिँडडुल गर्ने मान्छेसँग पैसा उठाउँदै गरेको अवस्थामा फेला पारेको थियो ।


ADVERTISEMENT

# # #


प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले ज.२ प ७३२४ नम्बरको मोटरसाइकल सहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।